पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।