कुमारी सहकारीको १ अर्ब ४९ करोड हिनामिना प्रकरण: पूर्वसञ्चालक पुन पक्राउ

प्रहरी निरीक्षक सागर पौडेलले पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताएका छन्।

म्याग्दी– बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

बेनी नगरपालिका–४ का लोकेश पुनमगर पक्राउ परेका हुन्। उनलाई बिहीबार जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक सागर पौडेलले पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए। 

पोखरास्थित सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार कुमारी सहकारीका ६ हजार बचतकर्ता रहेका छन्। आरोपितविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको छ। पुन सहकारीका पूर्वसञ्चालक हुन्।