भक्तपुरमा ३ वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, १ गम्भीर

र्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

भक्तपुर– सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा बिहीबार राति तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार मृत्यु हुनेमा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङ छन्। गम्भीर घाइते भएका उनको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

अर्का घाइते रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्किएका छन्।