इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो।
इजरायलले गाजाबाट फर्काइएका चार बन्धकको शवमध्ये शिरी बिबासको अवशेष प्राप्त नभएको शुक्रबार बताएको छ।
इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो। लडाकु समूहले बन्धक–कैदी आदानप्रदानअन्तर्गत एक हिस्साका रूपमा बिहीबार चार बन्धकको अवशेष रेडक्रसमार्फत् इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।
हमासले सम्झौताअनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गनुपर्ने सेनाका प्रवक्ता अविचय अद्राईले जनाएका छन्। “अनुसन्धान प्रक्रियाका क्रममा यो पत्ता लाग्यो कि हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।”
धेरै इजरायलीका लागि सन् २०२३ अक्टोबर ७ मा अपहरणपछि बन्धकको अग्निपरीक्षाको प्रतीक बनेको शिरी, कफिर र एरियल बिबासको अवशेष बिहीबार हस्तान्तरण गरिएको हमासले जनाएको थियो।
हमासले चौथो बन्धक ओडेद लिफ्शिट्जको शव पनि हस्तान्तरण गरेको थियो। गाजा पट्टीमा भएको युद्धविरामअन्तर्गत इजरायली शव हस्तान्तरण गरिएको यो पहिलो घटना थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
