माघमा देशभर भएका ४७८ आगलागीका घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– माघमा मुलुकभर ४७८ वटा आगलागीका घटना भएका छन्। ती आगलागीका घटनामा २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन्। घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन्।
आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन भएको पनि आचार्यले बताए।
सबैभन्दा बढी कोशी प्रदेशमा १२९ वटा आगलागीका घटना भएको छ। त्यसपछि मधेशमा ८९, बागमतीमा ४२, काठमाडौँमा ३७ आगलागीका घटना भएका छन्। त्यस्तै, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ३२ र सुदूरपश्चिममा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ।प्रहरी प्रवक्ता आचार्यले ती आगलागीबाट ६८ वटा घर, ६६ वटा गोठमा क्षति भएको छ।
कुल २४७ वटा पशुचौपाय क्षति भएको छ। ती आगलागीबाट १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
