युक्रेनका खनिज भण्डारमा अमेरिकालाई प्राथमिकतासाथ पहुँच दिनेसम्बन्धी वार्ता जारी रहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनका खनिज भण्डारमा अमेरिकालाई प्राथमिकतासाथ पहुँच हस्तान्तरण गर्नेसम्बन्धी वार्ता जारी रहेको किभको एक स्रोतले शुक्रबार बताएको छ। भोलोदिमर जेलेन्स्की र डोनाल्ड ट्रम्पबीचको नाटकीय विवादका बाबजुद किभ र वासिङ्टनबीच प्राकृतिक स्रोत हस्तान्त्रणसम्बन्धी वार्ता जारी रहेको युक्रेनी अधिकारीहरूले बताएका हुन्।
यसअघि वासिङ्टनप्रति आक्रोश व्यक्त गर्दै किभले युक्रेनको प्राकृतिक स्रोतका लागि सम्झौता गर्ने ट्रम्पको पहिलो प्रयासलाई अस्वीकार गरेको थियो। किभले उक्त प्रस्तावमा युक्रेनका लागि सुरक्षा ग्यारेन्टी नभएको बताएको थियो।
त्यस बेलादेखि ट्रम्प र जेलेन्स्कीबीच सार्वजनिक आरोपप्रत्यारोप शुरू भएको छ। ट्रम्पले युक्रेन–रुस युद्ध शुरू हुनुमा जेलेन्स्की दोषी रहेको उल्लेख गर्दै उनी आफ्नै जनताबीच अत्यधिक अलोकप्रिय रहेको दाबी गरेका छन्। त्यसपछि जेलेन्स्कीले ट्रम्प रुसी ‘मिथ्या सूचना’का कारण भ्रममा परेको बताएका थिए।
तनावबीच सम्भावित प्राकृतिक स्रोत सम्झौतासम्बन्धी वार्ता शुक्रबार ‘चलिरहेको’ यस विषयमा जानकारी भएका एक वरिष्ठ युक्रेनी अधिकारीले बताए। “मस्यौदाको निरन्तर आदानप्रदान भइरहेको छ, हामीले हिजो अर्को पठाएका थियौँ”, अब युक्रेन अमेरिकी प्रतिक्रियाको प्रतीक्षामा रहेको भन्दै स्रोतले भन्यो।
ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बिहीबार सार्वजनिक रूपमा किभलाई ‘गम्भीरतापूर्वक हेर्न र त्यो सम्झौतामा हस्ताक्षर गर्न’ बताएका थिए।
ट्रम्प किभलाई आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वको सरकारले वितरण गरिएको दशौँ अर्ब डलर सहयोगको क्षतिपूर्तिका रूपमा युक्रेनको प्राकृतिक स्रोतमा अमेरिकी कम्पनीको पहुँच स्थापित गर्न चाहान्छन्। तर युक्रेनले आफ्नो प्राकृतिक स्रोत र महत्त्वपूर्ण खनिजको बदलामा अमेरिकाबाट सुरक्षा ग्यारेन्टी खोजिरहेको छ।
युक्रेनले नाटो सदस्यता या रुससँगको कुनै पनि व्यापक युद्धविराम सम्झौताअन्तर्गत पश्चिमी सेना र उन्नत उपकरणको तैनाथीका लागि दबाब दिइरहेको छ। जेलेन्स्कीले यस हप्ताको शुरूमा अमेरिकासँगको कुनै पनि सम्झौतामा युक्रेनलाई ‘बेचिने’ छैन भनेका थिए। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
