कोशी र गण्डकीका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

कर्णाली, सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

कर्णाली, सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।