हाटबजार भवनको भौतिक पूर्वाधार निर्माण सकिएको चार वर्षभन्दा बढी भएको छ। तर नगरपालिकाले भाडामा लगाउन सकेको छैन।
नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ मा शहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोगविहीन भएको छ।
हाटबजार भवनको भौतिक पूर्वाधार निर्माण सकिएको चार वर्षभन्दा बढी भएको छ। वर्षातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण गरेको हो।
रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको सटर भाडाको लगाउने भनिए पनि पालिकाले लगाएको छैन। भाडामा बस्न भन्दै स्थानीयले पालिकामा निवेदन दिएर रकमसमेत जम्मा गरेका थिए।
पालिकाले चासो नदेखाएको रामग्राम निवासी गिरजाशंकर रौनियारले बताए। “सटर भाडाको लागि नगरपालिकामा निवेदन दिएँ। नगरप्रमुखसँग आग्रह गरे पनि सटर भाडामा नदिएपछि आफूले जम्मा गरेको ८० हजार रुपैयाँ एक महिना पछि फिर्ता लिएँ,” उनले भने।
विभागले ७ करोड रुपैयाँ लागतमा १०० भन्दा बढी सटर निर्माण गरेको सबइन्जिनियर वीरेन्द्र मण्डलले बताए। उनका अनुसार भवनमा ब्लक, शौचालय, सेनेटरी र वायरिङको काम गर्न बाँकी छ।
विभागले निर्माण गरेको कोठा भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरे पनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपत यादवले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
