पुराना र जीर्ण जस्तापाताको छानो भएका भवनमा पठनपाठन गर्न समस्या हुने गरेको छ। जस्तापातामा खिया लागेर प्वालै प्वाल परेका छन्। वर्षातका बेला भवन चुहिएर बस्न नमिल्ने हुन्छ।
कञ्चनपुर– बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुदै आएको छ। पुराना र जीर्ण जस्तापाताको छानो भएका भवनमा पठनपाठन गर्न समस्या हुने गरेको छ।
विद्यालयमा रहेका आठ भवनका १२ कक्षा कोठामध्ये आठ कोठा मात्रै प्रयोग गर्न योग्य रहेको प्रधानाध्यापक शेरबहादुर सार्कीले बताए। जस्तापातामा खिया लागेर प्वालै प्वाल परेका छन्। वर्षातका बेला भवन चुहिएर बस्न नमिल्ने हुन्छ। “विद्यार्थीका लागि बस्नका लागि पर्याप्त डेस्क बेन्च छैनन्, भएका पनि पुराना भएकाले कुन समय टुटने हुन पत्तो छैन, आर्थिक अभावले मर्मत गर्न सकिएको छैन,” प्रअ सार्कीले भने, “पुराना विद्यालय भवनका झयाल, ढोका प्लाइउडका भएकाले मक्किएर खस्ने अवस्थामा छन्, शौचालय पुराना र निकै जीर्ण हुँदा प्रयोग गर्न लायक छैनन्।”
विद्यार्थी शिक्षकलाई खानेपानीको पनि समस्या छ। खानेपानीको पाइप विद्यालयसम्म ल्याइए पनि पानी आउँदैन। विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ९० प्रतिशत जनजाति र दलित समुदायका रहेका छन्।
अभिभावकको आर्थिक अवस्था दयनीय हुँदा विद्यालय भौतिक संरचना निर्माणमा सहयोग गर्नका लागि आर्थिक सहयोग माग्न नसकिएको प्रअ सार्कीको भनाइ छ। विद्यालयमा कुल विद्यार्थीको संख्या ५५५ रहेको छ। तीमध्ये ६० प्रतिशत छात्रा छन्। बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकमा चेतनाको कमी हुँदा ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआउने गरेको प्रअ सार्कीले बताए। आर्थिक विपन्नताका कारण धेरैजसो अभिभावक घरायसी गर्जो टार्नका लागि भारततर्फ जाने गरेका छन्।
केही अभिभावकले बिचमै पढाई छुटाएर बालबालिकालाई आफूसँगै काम गर्नका लागि लैजाने गरेका छन्। बिचमै कक्षा छाडने विद्यार्थीको संख्या २० प्रतिशत हाराहारी छ। बालबालिकालाई नियमित विद्यालय पठाउनु पर्छ भनेर छलफल, बैठक बोलाए पनि अभिभावक उपस्थित नहुने गरेको गुनासो प्रअ सार्कीले सुनाए। विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीले आर्थिक विपन्नताकै कारण एउटै पोसाक वर्ष भरी लगाउनु पर्ने अवस्था रहेको छ।
विद्यालय भवन निर्माणका लागि प्रदेश सरकाले २० लाख रुपैयाँ दिने भनेको छ। तर टुंगो लागिसकेको छैन। माध्यमिक तहका एक र आधारभूत तहका ६ जना गरी सात जना शिक्षक मात्रै स्थायी रहेका छन्। राहत कोटामा तीन, नगर शिक्षक दुई र संघीय अनुदानबाट तीन जना शिक्षक कार्यरत छन्। विद्यालय २०३९ सालमा स्थापना भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
