चापाकोट नगरपालिका–८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका छन्।
वालिङ– स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ। चापाकोट नगरपालिका–८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकले झण्डै ४०० रोपनीमा सामूहिक आलुखेती गरेका हुन्।
चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताए।
उनका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत ३२० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी ३९० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको हो। “२० रोपनीमा बीउका लागि आलु लगाइएको छ,” उनले भने, “बाँकी ३७० रोपनी क्षेत्रफलमा खायन आलु लगाइएको छ।”
सामूहिक आलुखेतीमा वडा नं ८ र ९ का झण्डै २०० कृषक प्रत्यक्ष सहभागी भएका छन्। उत्पादन हुने आलु चिप्स बनाउने कम्पनीसित सम्झौता भएकाले बजारीकरणका लागि कुनै समस्या नरहेको उनले बताए। “बजार पाउँदैन कि भनेर पिरोलिनुपर्ने अवस्था छैन,” उनले भने, “चिप्स बनाउने कम्पनीसित आलु बिक्रीका लागि सम्झौता भएकाले हामीले आलु खनेपछि कम्पनीलाई खबर गर्छौं, चलनचल्तीको भाउमा खरिद गरेर लैजान्छ।”
यसवर्ष झण्डै ४०० टन आलु उत्पादन हुने अनुमान उनको छ। आलु कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र स्याङ्जाले आलुको बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए। यसबाहेक निःशुल्क कीटनाशक विषादी तथा प्राविधिक सहयोग, यन्त्र उपकरण तथा साना सिँचाइका लागि उपकरणमा ५० देखि ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ।
यसवर्ष स्याङ्जामा दुई हजार ४०० रोपनी क्षेत्रफलमा आलु खेती गरिएको छ। निर्वाहमुखी रूपमा हुँदै आएको आलु खेतीमा आधुनिकता र व्यावसायिकतामा जोड दिएसँगै कृषक आलु खेतीतर्फ आकर्षित हुँदै गएका हुन्। गतवर्ष एक हजार ८५० रोपनी क्षेत्रफलमा खेती गरिएको थियो।
स्याङ्जामा कृषक समूह, सहकारी व्यावसायिक फर्ममार्फत व्यक्तिगत र सामूहिक रूपमा आलु खेती गरिएको छ। जिल्लामा जनकदेव, खुमल उज्वल, कार्डिनल, एमएस ४५, रोजिटालगायत उन्नत जातको बीउ आलु लगाउने गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
