सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ।
काठमाडौँ– चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा ८ खर्ब ६१ अर्ब ३८ करोड घाटा बेहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोडको आयात भएको छ। यस अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ।
विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १०.०९, निर्यात ४६.५० र कुल वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको छ। त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापार घाटा ६.२० प्रतिशतले बढेको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.६० र निर्यातको हिस्सा ११.४० प्रतिशत रहेको छ।
सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा बेहोरेको विभागको तथ्यांकबाट देखिन्छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट ५ खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा ९८ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ। त्यस्तै, चीनसँगको व्यापार घाटा १ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट १ खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा २ अर्बको मात्रै निर्यात भएको छ। अर्जेन्टिना, युक्रेन, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा पनि उच्च छ।
नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ। माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानिस्तानसँग छ। अफगानिस्तानसँग सात महिनामा १ करोड २४ लाखको आयात र ५९ करोड ४५ लाखको निर्यात भएको छ। डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, मालदिभ्सलगायत देशसँग व्यापार नाफा बढी रहेको छ।
विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाखको डिजेल, २४ अर्ब ५८ करोड ३२ लाखको पेट्रोल र ६ अर्ब ६१ करोड ६५ लाखको एलपी ग्यास आयात भएको छ। त्यस्तै, ५ अर्ब ५० करोड ९० लाख बराबरको विद्युतीय सवारीसाधन र ५ अर्ब ४३ करोड ४१ लाख रुपैयाँको अन्य सवारीसाधन आयात भएको छ। सात महिनामा ३ अर्ब ५३ करोड ९७ लाख बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ।
नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भटमास तेल पहिलो स्थानमा छ। माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड ५७ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ। त्यस्तै, ६ अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, ५ अर्ब ३८ करोड ८० लाखको अलैँची, ३ अर्ब ८९ करोड ५२ लाखको कार्पेट, ३ अर्ब १० करोडको धागो र ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
