केन्याली धावक चेउलियोट र जेरोटिसले जिते धरान रनको उपाधि

‘शिक्षाको निम्ति च्यारिटी दौड’ नाराका साथ शनिबार भएको रनमा १० किलोमिटर दूरी चेउलियोटले ३० मिनेट ५५ सेकेन्डमा पूरा गरे।

धरान– धरान १० किलोमिटर रनको खुला उपाधि पुरुषतर्फ केन्याका धावक ह्विल्सन चेउलियोट र महिलातर्फ केन्याकै शरन जेरोटिसले जितेका छन्। 

‘शिक्षाको निम्ति च्यारिटी दौड’ नाराका साथ शनिबार भएको रनमा १० किलोमिटर दूरी चेयुलियोटले ३० मिनेट ५५ सेकेन्डमा पूरा गरे। जेरोटिचले ३८ मिनेट ४२ सेकेन्डमा पूरा गरिन्। धावकद्वयलाई नगद ६० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। 

पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेन्डमा दौड पूरा गरे। महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेन्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन्। उनीहरूलाई समान नगद ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। 

धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेन्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। उनीहरूलाई नगद ३० हजार रुपैयाँ दान गरिएको थियो।

 प्रतियोगितामा चार हजार धावक सहभागी थिए।