हमासले ६०० भन्दा बढी प्यालेस्टिनी कैदी–बन्दीको रिहाइको बदलामा शनिबार थप ६ इजरायली बन्धकलाई मुक्त गरेको छ।
प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार थप ६ इजरायली बन्धकलाई मुक्त गरेको छ। इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता ल्याएको इजरायली सेनाले जनाएको छ।
रिहा हुनेमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट, हिशाम अल–सैयद, मेन्गिस्तु र तल शोहम रहेका छन्। हमासले शनिबार उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट रेडक्रसमार्फत इजरायली सेनाको जिम्मा लगाएको हो।
गत जनवरी १९ मा शुरू भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ६०० प्यालेस्टिनी कैदीको बदलमा शनिबार यी बन्धक मुक्त भएका हुन्। यीमध्ये दुई जनालाई हमासले लगभग एक दशकदेखि बन्धक बनाएको थियो। गाजामा प्रवेश गर्ने प्रयास गर्दा उनीहरूलाई हमासले नियन्त्रणमा लिएर बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
रिहा हुनेमा नोभा संगीत महोत्सवबाट अपहरणमा परेका तीन इजरायली पुरुष र २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा सीमा पार गरेर दक्षिणी इजरायलमा आफ्नो परिवारलाई भेट्न जाँदै गर्दा बन्धक बनाइएका एक जना पनि हुन्।
इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी गरेको छ। तीमध्ये १५१ जना आजीवन लगायतका सजाय भोगिरहेका थिए। यी भएका लगभग १०० जनालाई अन्य देशमा निर्वासित गरिने जनाएको छ। युद्धको समयमा गाजाबाट इजरायली सेनाले नियन्त्रणमा लिएका ४४५ पुरुष, १५–१७ वर्षका १८ बालबालिका, १८–१९ वर्षका पाँच जना र एक महिला पनि रिहा हुँदै छन्।
हमासलेले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणका क्रममा दर्जनौँ बन्दीहरूलाई कब्जामा लिएका थिए। जसका कारण गाजा पट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलीको सैन्य आक्रमणमा ४८ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन्। मारिनमा अधिकांश महिला र बालबालिका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
