प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि समय–समयमा हवाई उडान अवरुद्ध भइरहेको तुम्लिङटार विमानस्थलले जनाएको छ।
संखुवासभा– तुम्लिङटार विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा एक वर्षमा ८६ पटक उडान अवरुद्ध भएको छ। जलवायु परिवर्तनको असरले प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर हवाई उडान अवरुद्ध हुने गरेको हो।
सन् २०२४ को अवधिमा ८६ पटक हवाई उडान अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले जानकारी दिए। उनका अनुसार विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ।
प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि विभिन्न समयमा हवाई उडान अवरुद्ध भएको उनले बताए।
पछिल्लो समय हाइड्रोपावर, सडक निर्माणमा राखिएका प्लान्ट, आगलागीलगायत कारणले धुवाँ र धुलोका कणले विमानस्थल ढाक्ने गरेको उनको भनाइ छ। विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा तुवाँलो र धुलोको कणले ढाकेपछि उडान प्रभावित भएको हो।
भिजिबिलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिए। “माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो। उडान अवरुद्ध हुँदा वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्”, उनले भने।
उनका अनुसार तुम्लिङटार विमानस्थलमा निजी कम्पनीका विमानले उडान भर्दै आएका छन्। उडान सुचारु भएपछि संखुवासभा, भोजपुर, धनकुटाका बासिन्दा लाभान्वित हुँदै आएका विमानस्थल कार्यालयले जनाएको छ।
तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिडभाड हुने गर्दछ। तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर–७२ ले दैनिक उडान भर्दै आएको थियो। धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटीआर–७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको थियो।
विश्वको पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यात्रुको घुइँचो हुने गर्दछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
