‘नेपालमा हाब्रे’ पुस्तक विमोचन

पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश छन्।

इलाम– हाब्रे (रेडपान्डा) बारे जानकारी गराउने पुस्तक ‘नेपालमा हाब्रे’ विमोचन गरिएको छ। गिरिराज बाँस्कोटाले सम्पादन गरेको पुस्तक शनिबार इलाममा विमोचन गरिएको हो । 

जिल्ला समन्वय समिति इलाम प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश बन मन्त्रालयका सचिव विशाल घिमिरे, रेडपान्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय रेग्मीसहितले पुस्तक विमोचन गरेका हुन्। पुस्तक रेडपान्डा नेटवर्क र श्री दीप ज्योति युवा क्लबले प्रकाशन गरेको हो। 

पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश छन्। पुस्तक रेडपान्डाबारे नीति निर्माण र संरक्षणका लागी महत्त्वपूर्ण हुने सम्पादक बाँस्कोटाले बताए।