फ्रान्सविरुद्ध अर्जेन्टिनाको दोहोरो अग्रता

लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलअन्तरको अग्रता लिएको हो।

कतार विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सविरुद्ध दोहोरो अग्रता लिएको छ। 

लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलअन्तरको अग्रता लिएको हो।

खेलमा कप्तान लिओनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्। उनले २३औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका थिए। 

पेनाल्टी बक्समा एन्जेल डि मारियालाई फ्रान्सका ओस्मान डेम्बेलेले लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए। कप्तान मेस्सीले कुनै गल्ती नगरी बल सिधै गोलपोस्ट छिराए।

३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अग्रता दोब्बर बनाए। मेस्सीले म्याक अलिस्टरलाई बल पास गरे। म्याक अलिस्टरले डि मारियालाई बल पास गरे। डि मारियाले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।