आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा कायम भएको छ भने ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– शेयर बजारमा साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा कायम भएको हो।
यस दिन २२८ कम्पनीको दुई करोड १२ लाख ६ हजार कित्ता शेयर एक लाख आठ हजार ९१३ पटक खरिदबिक्री भयो। जसबाट ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बिहीबार आठ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा बैंकिङ ०.०३, लगानी १.३३, जीवन बिमा ०.८६, उत्पादन तथा प्रशोधन २.७८, म्युचुअल फन्ड ०.०२, निर्जीवन बिमा ०.१३ र अन्य समूह ३.७२ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।
विकास बैंक ०.४८, वित्त ०.४५, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५६, लघुवित्त ०.६६ र व्यापार समूह १.३२ प्रतिशतले घटेको हो। गार्डियन माइक्रो लाइफइस्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै रिलायन्स फाइनान्सको शेयर मूल्य ७.२४ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ९५ करोड ६४ लाख ५१ हजार ३६६ बराबरको नौ लाख ९० हजार ६७२ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
