नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले बनायो समिति

अर्थ मन्त्रालयले नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। 

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्न समिति गठन गरेको छ। 

माघ २५ देखि रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थमन्त्री स्तरीय निर्णयबाट तीन सदस्यीय सिफारिस समिति गठन भएको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वको समिति बनेको हो। समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन्।

नेप्सेका तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि उक्त पद रिक्त छ।