अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका छन्।
काठमाडौँ– चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ। आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका हुन्।
म्यानमारले खेलको छैटौँ मिनेटमै गोल गर्दै अग्रता लिएको थियो। फ्री–किकमा म्यानमारकी म्याट नोइ खिनले गोल गरिन्। लगत्तै खेलको ११औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल फर्काइन्।

यसैगरी, खेलको १७औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध दोस्रो गोल गर्यो। मे टेट लुले गोल गरेकी थिइन्। पहिलो हाफको अन्तिमतिर नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल फर्काइन्। उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको पासमा गोल गरेकी थिइन्।
दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन्। यो प्रतियोगिताको समूह विजेता भने म्यानमार भएको छ। म्यानमार गोल अन्तरका आधारमा समूह विजेता बनेको हो।

अब फाइनलमा पनि यी दुवै टोलीबीच प्रतिस्पर्धा हुने छ। नेपाल लेबनानलाई र म्यानमार किर्गिस्तानलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
