विराट कोहलीले आफ्नो एकदिवसीय करियरको ५१औं शतक प्रहार गरे। १११ बलमा १०० रन बनाउँदै उनी अविजित रहे।
काठमाडाैँ– च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानलाई छ विकेटले पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २४१ रनमै अलआउट भयो।
जवाफमा भारतले ४२.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। विराट कोहलीले आफ्नो एकदिवसीय करियरको ५१औं शतक प्रहार गरे। १११ बलमा १०० रन बनाउँदै उनी अविजित रहे।
४३औँ ओभरमा भारतलाई जित्नको लागि चार रन र कोहलीलाई शतक बनाउन पाँच रन आवश्यक थियो। ४३ औँ ओभरको पहिलो बलमा कोहलीले एक रन लिए। त्यसपछि अर्को बलमा अक्षरले रन लिए। तेस्रो बलमा चौका प्रहार गर्दै विराटले आफ्नो शतक पूरा गरे र भारतलाई जित दिलाए।
भारतले च्याम्पियन्स ट्रफीमा योसँगै दुई खेल जितेको छ र सेमिफाइनल पुग्ने आफ्नो दाबी बलियो बनाएको छ। भारतको दुई खेलपछि चार अंक छ भने पाकिस्तानले दुई खेलमा खाता खोल्न सकेको छैन। यसैबीच, पाकिस्तान टोली च्याम्पियन्स ट्रफीबाट लगभग बाहिरिसकेको छ। अब उसले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ।
पाकिस्तानको रावलपिन्डिमा हुने प्रतियोगितामा आज बांग्लादेश र न्युजिल्यान्ड खेल्दैछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
