सुनचाँदीको मूल्य बढ्यो

सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ८०० पुगेको छ।

काठमाडाैँ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७० हजार ८०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदी एक हजार ९८५ मा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।