मुगुमा डोजरले खसालेको ढुंगा लागेर ६ वर्षीय बालक लोकजंग नेपालीको घटनास्थलमै मृत्यु भएको हो। आमा कल्पना नेपाली गम्भीर घाइते भएकी स्थानीयले बताएका छन्।
मुगु– मुगुको सोरु गाउँपालिका वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ।
हुम्लाबाट आफ्नो घरतिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडी नजिकै डोजरले खसालेको ढुंगा लागेर धैन घर भएका ६ वर्षीय बालक लोकजंग नेपालीको घटनास्थलमै मृत्यु भएको हो। आमा कल्पना नेपाली गम्भीर घाइते भएकी स्थानीयले बताएका छन्।
उक्त सडकखण्डको ठेक्का हुम्ला निवासी धुब्र शाही र डोजरधनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छन्। घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ। अहिले घटना स्थालमा प्रहरी पुगेर थप अनुसन्धान गरिहेको छ।
घाइते कल्पना नेपालीलाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
