फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेटमा युरोपमा ‘रुसी खतरा’को सामना र युक्रेनमा शान्ति सुनिश्चितका लागि प्रस्ताव पेश गर्ने भएका छन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेटमा युरोपमा ‘रुसी खतरा’को सामना र युक्रेनमा शान्ति सुनिश्चितका लागि प्रस्ताव पेश गर्ने भएका छन्।
युक्रेन युद्धको तेस्रो वार्षिकोत्सवमा हुन लागेको भेटमा म्याक्रोँले ट्रम्पलाई रुस–अमेरिकाबीचको वार्तामा युरोपेली नेतालाई समावेश गर्न मनाउने आशा गरेका छन्।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कूटनीति पुनः शुरू गर्दै युरोपेली राष्ट्र र किभको संलग्नताबिना वार्ता थालेपछि युरोपभर त्यसले तरङ ल्याएको छ। ट्रम्पले युद्ध शुरू गर्नमा युक्रेन जिम्मेवार रहेको रुसी भनाइ दोहोर्याएका थिए। यसबाट उनी मस्कोको शर्तमा सहमत हुनसक्नेमा युरोप चिन्तित छ।
म्याक्रोँले गत हप्ता युरोपका प्रमुख नेताहरूसँग दुई वटा वार्ता गरेका थिए। उनले वासिङ्टनको अचानकको नीति परिवर्तनप्रति युरोपेली प्रतिक्रियालाई समन्वय गर्ने प्रयास गरेका छन्। “रुस युरोपका लागि अस्तित्वको खतरा हो”, त्यतिबेला उनले भनेका थिए।
“तपाईंसामु यस्तो शक्ति छ जसले अत्यधिक हतियार जम्मा पारेको छ... र हतियार जम्मा गर्न जारी राखेको छ”, म्याक्रोँले वासिङ्टन प्रस्थान गर्नुअघि भने, “यो कहाँ पुगेर रोकिन्छ हामीलाई थाहा छैन। त्यसैले हामी सबैले यसलाई नियन्त्रण गर्नुपर्छ।”
युरोपेली संघ(ईयू)ले सोमबार युद्ध अन्त्यका लागि दबाब दिन रुसमाथि नयाँ चरणको प्रतिबन्ध लगाएको छ।
युरोपेली कदमको प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिकाको इच्छाविपरीत युरोपले लडाइँ लम्ब्याउन खोजेको आरोप लगाए।
“युरोपको यो कदम युक्रेनमा शान्ति सम्झौताको चाहनाविपरीत छ, जसबारे अहिले हामीले अमेरिकीसँग छलफल गरिरहेका छौँ”, पेसकोभले प्रतिबन्ध घोषणा भएपछि पत्रकारलाई भने।
मस्कोनिकट हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलगायत महादेशभरका नेतासँगको छलफलपछि म्याक्रोँ अमेरिकी राष्ट्रपतिलाई भेट्न जान लागेका हुन्। उनले आफ्नो भ्रमणका क्रममा समग्र युरोपको प्रतिनिधित्व गर्ने राष्ट्रपतिका सल्लाहकारले बताएका छन्। “उहाँ वार्ताको ऐक्यबद्धतालाई प्रतिबिम्बित गर्दै प्रस्ताव लिएर वासिङ्टन जाँदैहुनुहुन्छ”, सल्लाहकारले भने।
युक्रेनको सार्वभौमसत्ताको सम्मान, युरोपको समग्र हितसहित युक्रेनका लागि अमेरिकी समर्थन जारी राख्न ट्रम्पलाई राजी गराउने म्याक्रोँको लक्ष्य रहेको सल्लाहकारले उल्लेख गरे।
म्याक्रोँले ट्रम्पलाई रुसले युरोपका लागि ‘अस्तित्वको खतरा’को प्रतिनिधित्व गर्छ र पुटिनले युद्धविरामलाई ‘सम्मान गर्ने छैनन’ भनेर विश्वास दिलाउन प्रयास गर्ने पनि सल्लाहकारले बताए।
फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र बेलायती प्रधानमन्त्री किर स्टार्मरले युक्रेनमा शान्तिका लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग बिहीबार हुने भेटअघि आपसमा छलफल गरेका थिए। बेलायत र फ्रान्सले शान्ति सम्झौतापछि रुसी आक्रमणबाट बच्न युक्रेनमा युरोपेली सेनाको तैनाथीबारे पनि छलफल गरिरहेका छन्।
“सैनिकलाई अग्रपंक्ति होइन, दोस्रो पंक्तिमा तैनाथ गर्ने हो। यसलाई बहुराष्ट्रिय सञ्चालनसँग जोड्न सकिन्छ”, छलफलसँग निकट एक फ्रान्सेली स्रोतले भन्यो।
म्याक्रोन र स्टार्मरले ट्रम्पलाई तैनाथ हुने फौजका लागि ‘ठोस सुरक्षा ग्यारेन्टी’ उपलब्ध गराउन आग्रह गर्ने अपेक्षा गरिएको छ। यद्यपि ट्रम्प प्रशासनले युद्धमा अमेरिकी सैनिक पठाउन अस्वीकार गरेको छ। तर युरोपले लजिस्टिक्स या खुफिया जानकारीजस्ता सहयोगको अपक्षा गरेको छ। ट्रम्पले क्षेत्रीय सुरक्षाको जिम्मा लिन नचाहेको खण्डमा युरोपेली नेताहरूले आफ्नो रक्षा खर्च बढाउने वाचा गर्ने बताइएको छ।
युरोपमा आर्थिक क्षमता वृद्धिको सम्भावना रहेको उल्लेख गर्दै म्याक्रोँले भने, “युरोपसँगको सहकार्य ट्रम्पको हितमा छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
