नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि संसदीय दलको नेता छान्ने र त्यसपछि मात्रै प्रधानमन्त्रीबारे छलफल थाल्ने निर्णय गरेको छ।
काठमाडौँ- नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधिसभाका निर्वाचित सांसदहरूको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन्।
पार्टीको पदाधिकारी बैठक पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता महराले प्रतिनिधिसभाका सबै सदस्यहरूको शपथग्रहण पछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन्।
संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भए पनि शपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको जानकारी उनले दिए।
प्रधानमन्त्री को बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसबारे संसदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताए।
गठबन्धनको निरन्तरता सम्बन्धमा भने उनले गठबन्धन जारी रहने जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
