वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
वीरगन्ज– चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्वाइन फ्युल (एटीएफ), मट्टितेल आयात भएको छ।
गत आवको सात महिनाको तुलनामा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए।
“पूर्वाधार निर्माणको सिजन भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो,” उनले भने। गत आवको सात महिनाको अवधिमा १ खर्ब ३ अर्ब ९२ करोड बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो।
कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ। जबकि गत आवको सोही अवधिमा ३८ अर्ब ६५ करोड राजस्व संकलन भएको थियो।
यस सात महिनामा ५१ अर्ब ७९ करोड बराबरको डिजेल, २२ अर्ब १४ करोड बराबरको पेट्रोल र २० अर्ब ९० करोड बराबरको एलपीजी आयात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
