तोलामा १ लाख ७१ हजार ३०० पुग्यो सुनको मूल्य

सोमबार प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा किनबेच भएको सुनको सुन बढेर तोलाको १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ।

काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो।

चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेको हो। सोमबार प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा किनबेच भएको सुनको सुन बढेर तोलाको १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ।

चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।