पाल्हीनन्दन गाउँपालिकामा केटाकेटीको प्रेम सम्बन्धलाई लिएर शुरू भएको विवादले झडपको रूप लिएपछि प्रहरीले नियन्त्रणमा लिन पाँच राउन्ड टियर ग्यास र तीन राउन्ड हवाई फायर गरेको छ।
नवलपरासी– प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा मंगलबार दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी भएको छ। नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना घाइते भएको प्रहरीले जनाएको छ।
झडपमा घाइते भएका पाल्हीनन्दन गाउँपालिका–३ कुश्माका विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताए। धवलको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ।
केटीपक्षका सोवराती पवरियाले चलाएको लु१त ७७०० नंको पिकअपले ठक्कर दिँदा धवल गम्भीर घाइते भएका हुन्। धवलको पेटमा चोट लागेको छ। धवलसँगै रहेका बैजनाथप्रसाद लोनियलाई पनि गाडीको ठक्करबाट दुवै खुट्टामा चोट लागेको छ।
प्रहरीले भिडलाई नियन्त्रणमा लिन पाँच राउन्ड टियर ग्यास र तीन राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। केटाकेटीको प्रेम सम्बन्धलाई लिएर शुरू भएको विवादले झडपको रूप लिएको थियो।
केही दिनअगाडि एक स्थानीय केटा र केटीबीच भागी विवाह भएको थियो। पछि दुवै जनालाई प्रहरीले छलफलपश्चात् अभिभावकको जिम्मा लगाएको थियो। तर केही दिनपछि उनीहरू फेरि भागेपछि दुई परिवारका बीचमा मनमुटाव शुरू भएको हो।
सोमबार केटीपक्षले केटाका दाइलाई कुटपिट गरेका थिए। सोही विषयमा मंगलबार झडप भएको हो। केटापक्षका सयौँ मान्छेहरू मोहरम पवरियाको घर घेर्न आउँदा ढुंगा हानाहान भएको थियो। पवरियाको कवाडी संकलन स्थलमा पनि आगजनी भएको छ। केटीपक्षका सोवराती पवरियाले केटापक्षका मान्छेलाई गाडीले ठक्कर दिएपछि झडपले उग्ररूप लिएको प्रहरीले जनाएको छ।
ठक्कर दिने चालक पवरिया र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा सोधपुछका लागि प्रहरीले चार महिलालाई नियन्त्रणमा लिएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
