सशस्त्र द्वन्द्वमा बालसैनिकको प्रयोग गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल र तत्कालीन नेता भट्टराईलाई कारबाहीको माग राखेर सर्वोच्चमा दायर रिटको नियमित सुनुवाइ अघि बढेको छ।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन माओवादी नेता बाबुराम भट्टराईविरुद्ध दायर रिटमाथिको सुनुवाइ शुरू भएको छ।
उनीहरूविरुद्ध सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले बालसैनिकको प्रयोग गरेको भन्दै कारबाहीको माग राखेर सर्वोच्च अदालतमा रिट दायर भएको थियो। उक्त रिट निवेदनको नियमित सुनुवाइ अघि बढेको हो।
मंगलबार न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो। यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। अर्को सुनुवाइको मिति फागुन २५ गतेका लागि तोकिएको छ।
पूर्वबाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बालसैनिक अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको कार्य भएको भन्दै तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए। तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट त्यसविरुद्ध इजलासमा निवेदन दिन पुगेका थिए। इजलासले रिट दर्ताको आदेश दिएपछि मुद्दा प्रक्रिया अघि बढेको थियो।
सर्वोच्चको आदेशपछि २०८० जेठ २८ मा रिट दर्ता भएको थियो। जेठ ३० मा न्यायाधीश सपना प्रधान मल्लको इजलासले रिटमा कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकारको आदेश गरेको थियो। त्यसपछि कहिले हेर्न नभ्याइने त कहिले स्थगित हुँदै आइरहेको थियो।
गत पुस १२ मा न्यायाधीश सपना प्रधान मल्ल र सुनिल कुमार पोखरेलकै इजलासले पूर्ण सुनुवाइका निम्ति पेश गर्न आदेश दिएसँगै सुनुवाइ अघि बढेको हो। पूर्वबाल सैनिक विष्टले गत भदौ २४ मा संघीय संसद्, संघीय संसद् सचिवालय सिंहदरबारलाई विपक्षी बनाएर अर्को निवेदन पनि पेश गरेका थिए। उक्त निवेदनलाई पनि रिटसँगै लगाऊमा राखेर सुनुवाइ प्रक्रिया अघि बढाइएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
