कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै भूभागमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण लुम्बिनीसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै भूभागमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।