फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो।
फुङलिङ– ताप्लेजुङमा जारी निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटेको छ। जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ।
ताप्लेजुङ प्रशासनले माघ ११ गते बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो।
ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको समर्थन र विरोधमा उत्रिएका समूहबीच झडप भएपछि प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ अनुसार, फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रका चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन तथा घेराउ गर्न निषेध गरिएको थियो।
निषेधाज्ञा हटेपछि फुङलिङ बजार तथा प्रभावित क्षेत्रमा जनजीवन सामान्य बन्दै गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
