नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा भिड्न लागेका हुन्। लिग चरणमा दुवै टोलीले लेबनान र किर्गिस्तानलाई हराएका थिए।
काठमाडौँ– नेपालले घरेलु मैदानमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधिका लागि बुधबार म्यानमारविरुद्ध खेल्दै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेल साँझ ६ बजे शुरू हुने छ। नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा भिड्न लागेका हुन्। लिग चरणमा दुवै टोलीले लेबनान र किर्गिस्तानलाई हराएका थिए।
नेपाल र म्यानमारको अन्तर्राष्ट्रिय फुटबलमा यो पाँचौँ भेट हुनेछ। सन् २०१८ मा एशियन ओलम्पिक छनोटअन्तर्गत पहिलो लेगमा यी दुई टोली भिडेका थिए। उक्त खेल १–१ को बराबरीमा सकिएको थियो।
नेपालकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो टिमका सबैमा उपाधि जित्नुपर्छ भन्ने भावना रहेको बताएकी छन्।
“हामी आफ्नोतर्फ शतप्रतिशत दिनेछौँ। टिमलाई नै उपाधि जित्नुपर्छ भन्ने भोक छ। प्रशिक्षकको रणनीतिअनुसार अन्तिमसम्म खेल्न सक्यौँ भने नतिजा राम्रो हुन्छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
