ट्याक्टरमा मृतकसहित चार जना चढेका थिए। चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मलेखु– धादिङको गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्यांकर लिएर गएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो। गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरीष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ।
आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि सार्ने क्रममा दुर्घटना भएको हो।
ट्याक्टरमा मृतकसहित चार जना चढेका थिए। चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
