रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत्

रास्वपाले संसदीय दलको नेतामा रवि लामिछानेलाई सर्वसम्मत चुनेको छ। पार्टीले आजै उपनेता, प्रमुख सचेतक तथा सचेतक पनि चुन्दैछ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने सर्वसम्मत चुनिएका छन्। 

सोमबार बसेको रास्वपा बैठकले लामिछानेलाई दलको नेताका चुनेको हो। 

अब संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चुन्न बाँकी रहेको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए। यसको टुंगो पनि सोमबार नै लाग्ने उनले बताए। 

रास्वपा प्रत्यक्षमा ७ तथा समानुपातिकमा १३ गरी २० जना सांसदसहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दैछ।