टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (तस्वीरहरू)

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

काठमाडाैँ– नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मनाएको छ। टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा हर्ष बढाइँ पनि गरेको छ।

प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए। राष्ट्रपति नेपाली सेनाका परमाधिपति रहने व्यवस्था छ। सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

यस अवसरमा सेनाको हेलिकोप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८१’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। त्यसका साथै सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो।

मारोहमा सेनाद्वारा विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो।

तस्वीरहरू: नेपाल न्युज बैंक