गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जना काउन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन्।
बेलायत– भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत हुनुभएको छ।
गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जना काउन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन्। लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनीत भएका हुन्। उनी यसअघि उपमेयर चुनिएका थिए। अब आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उनले मेयर नियुक्त भई पदभार ग्रहण गर्नेछन्।
बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाकोतर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भने, “औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ। खुसीको क्षण हो। बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पुर्याउने अवसर मिलेको छ।” काउन्सिल इतिहासमा उनी पहिलो गोर्खा मेयर बन्न लागेका हुन्। सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन्।
मेयर हुने पक्का भएपछि रासससँग उनले भने, “नेपाली भएर पनि बेलायतमा राजपरिवारकोतर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु।”
झण्डै तीन दशक ब्रिटिश आर्मीमा सेवा गरेका मगर हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन्। सारू, रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरका रूपमा सेवानिवृत्त भएका थिए।
सन् २०१७ देखि बेलायतमा इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहेका सारू पाल्पामा जन्मिएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
