पहिलो हाफमा म्यानमारलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन।
काठमाडौँ– चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको हो।
फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल गर्यो। नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु पर्यो।
म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे। नेपालले खेलको शुरूआत राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन। खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन्।
३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन्। त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन।
४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन्।
नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो। फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रहयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
