रारास्थित एक होटलमा आगलागी, चार भवन जले

होटलमा रहेका पर्यटकलाई उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो।

मुगु– रारा तालको किनारमा अवस्थित एक होटलमा बुधबार राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन्। 

आगोले काठै काठले बनेका ती भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ। नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार बिहान आगो नियन्त्रणमा लिएका थिए।  

प्रहरीका अनुसार होटलको भान्साबाट आगो शुरू भएको थियो। ग्यास सिलिन्डर पड्किँदा अन्य तीन भवनमा क्षति पुगेको हो। 

होटलमा रहेका पर्यटकलाई उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो।