मुग्लिन–नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुंगा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको काम शुरू भएको छ।
दमौली– मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरू भएको छ। वैकल्पिक मार्गका रूपमा मुग्लिन–गाईघाट–दासढुंगा–ठिमुरा–गैँडाकोट सडकको ट्रयाक खोल्न थालिएको हो।
उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा २ करोड ६९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ।
मुग्लिन–नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुंगा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययनपश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको छ।
देवघाटका केशवचन्द्र न्यौपानेका अनुसार स्थानीयले पटक–पटक उक्त वैकल्पिक सडकको माग उठाउँदै आएका थिए। नवलपुरको गैँडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुंगा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुंगादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग निर्माण गर्न स्थानीयले माग गरेका थिए।
विगतमा अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो। उक्त सडक निर्माण गर्न सके देवघाट गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले बताए।
हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले छोएको छैन। गैँडाकोटबाट देवघाट हुँदै दासढुंगा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने उनको भनाइ छ।
मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक आवश्यक रहेको स्थानीयको भनाइ छ। वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटर छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
