त्रिभुवन विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ४ विदेशी नागरिक पक्राउ

बुधबार राति फ्लाई दुबईको उडानबाट आएका उज्वेकिस्तानी नागरिक पक्राउ परेका हुन्। टर्मिनल गेटमा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथमा सुन फेला परेको थियो।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन् । 

बुधबार राति फ्लाई दुबईको उडानबाट आएका उज्वेकिस्तानका चार जना नागरिक तीन किलो ७४५ ग्राम सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीन महिला र एक जना पुरुष रहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

विमानस्थलको टर्मिनल गेटमा शंका लागेर चेकजाँच गर्दा सुन फेला परेको एसएसपी राठौरले बताए।