भूकम्पपछिको पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइ स्थापना गर्ने तयारी छ।
काठमाडौँ– गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आकलन, पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिइएको बताएका छन्।
गृहमन्त्री लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आकलन, पुनर्निर्माण र पुनर्स्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग गृहमन्त्री लेखकले भूकम्पपछिको पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको बताए।
आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृह मन्त्रालयले जनाएको छ। जाजरकोटमा गत २०८० कार्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
