बिहीबार नेप्से परिसूचक ४९.१५ अंक अर्थात् १.७७ प्रतिशतले बढेर २८१५.०४ को विन्दुमा काम भएको छ।
काठमाडौँ– शेयर बजारमा साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। बिहीबार नेप्से परिसूचक ४९.१५ अंक अर्थात् १.७७ प्रतिशतले बढेर २८१५.०४ को विन्दुमा काम भएको हो।
यस दिन ३०० कम्पनीको दुई करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर एक लाख १२ हजार ०३२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ३९ करोड २४ लाख एक हजार ८१५ रुपैयाँको कारोबार भएको छ। यसअघि मंगलबार नौ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिनको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक ३.३२ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सिन्धु विकास बैंक ९.९९, डोर्दी खोला जलविद्युत् ९.९९ र लिबेट्री इनर्जीको शेयर मूल्य ९.९६ प्रतिशत बढेको छ।
सबैभन्दा धेरै भूगोल इनर्जीको शेयर मूल्य ७.१७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको ९६ करोड ४७ लाख ३४ हजार ६०८ रुपैयाँ बराबर शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
