असिनापानीसँगै आएको हावाहुरीले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति पुर्याएको छ।
इनरुवा– हावाहुरीले केराखेती नष्ट गरेपछि सुनकारीका किसान निराश भएका छन्। दुई दिन लगातार असिनापानीसँगै आएको हावाहुरीले जिल्लाका अधिकांश किसानको केराखेतीमा क्षति गरेको हो।
आफूले १४ बिघा जमिनमा लगाएको केराखेतीमा हावाहुरीले क्षति पुगेको भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले बताए। उनले भोक्राहा र इनरुवा–८ डुम्रहाको बङकुलवामा केराखेती गरेका छन्। करिब ५० लाखको लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गरेका हुन्। नगदेबाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त थिए। तर हावाहुरीले उनलाई निराश बनाएको छ।
सुनसरीका अधिकांश किसानले लगाएको केराखेतीमा असिनापानीसँगै आएको हावाहुरीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ। इनरूवासहित दक्षिणवर्ती क्षेत्रमा पटक–पटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन्। इनरूवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवानगञ्ज क्षेत्रका केरा बगानका केराका बोट ढलेको किसान जब्बर मियाँले बताए।
दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा सखाप हुँदा आर्थिक क्षति भएको इनरुवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताए। इनरुवामा मात्रै १०० बिघा क्षेत्रफलमा केराखेती भइरहेकामा अधिकांश केरालाई हुरीबतासले नोक्सान गरेको छ। करिब १ करोड रुपैयाँ बराबरको केराखेती ढलेर नोक्सान भएको मेहताले बताए।
एकातिर फल्न लागेको केरामा क्षति अर्कातिर ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब प्रतिबिघा लाखौँ खर्च गर्नुपर्ने किसानको भनाइ छ। हुरीबतासले केराखेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको किसान श्यामकुमार यादवले दाबी गरे। सुनसरीमा वार्षिक रूपमा ५२० हेक्टर अर्थात् एक हजार बिघामा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
