सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पका बेला भाग्दै गर्दा काठमाडौँमा दुई जना घाइते भएका छन्।
काठमाडौँ– सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पका बेला भाग्दै गर्दा काठमाडौँमा दुई जना घाइते भएका छन्।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा दुई जना घाइते भएको जानकारी दिए।
घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भई शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भई बानेश्वर बस्ने हरि गैरे रहेका छन्।
थिलिङ भाग्ने क्रममा सडकपेटीमा लडेर घाइते भएका र गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जानकारी दिएको छ। शक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पूर्वी नेपालका केही जिल्लामा सामान्य घरहरू भत्किएका र केही सामान्य घाइते भएका जानकारी आए पनि ठूलो क्षति नभएको जानकारी दिए।
सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौँ, संखुवासभा, म्यादी र धादिङमा जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार एक घर पूर्ण रूपमा र तीन घरमा आंशिक क्षति पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
