शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पर्यटक होटलमा आश्रय लिएर बसेका छन्।
गोरखा– बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ। शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पर्यटक होटलमा आश्रय लिएर बसेका छन्।
चुमनुब्री–१ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास गर्न हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएका बताए।
“साम्दोमा रहेका होटल जम्मालमा १४ जना पर्यटकले आश्रय लिएर बसिरहेका छन्”, होटलका सञ्चालक निमादोर्जे लामाले भने, “होटल याक र धर्मशालामा गरी थप नौ जना पर्यटक लार्केपासतर्फ जान नसकी रोकिएका हुन्।” पर्यटक जोखिम मोलेर पदयात्रा गर्न नचाहने भएकाले होटलमा आश्रय लिएर बसेका उनले बताए।
अहिले त्यस क्षेत्रमा जमिनबाट करिब १० इन्चजति बाक्लो हिउँ जमेको स्थानीय वीरबहादुर लामाको भनाइ छ। बाक्लो हिमपातका कारण अत्यधिक चिसो बढेको र जनजीवन प्रभावित भएको उनको भनाइ छ।
तत्कालै हिमपात रोकिने कुनै अवस्था नरहेकाले पर्यटक अझै केही दिन साम्दोमा क्षेत्रमा रोकिनुपर्ने हुनसक्ने अनुमान गरिएको छ। विशेष गरी बालबालिका र वृद्धवृद्धा चिसोका कारण घरबाहिर निस्कन नसक्नुका साथै दैनिक काम गर्न र स्थानीलाई घाँसदाउरा गर्न कठिनाइ भएको लामाले बताए।
मनकामनाबाट गोरखकाली मन्दिरसम्म पदयात्रा शुरू
गोरखाको दुई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर जिल्लाको पर्यटन प्रवर्द्धनका लागि मनकामनाबाट गोरखकाली मन्दिरसम्मको पदयात्रा शुक्रबारदेखि शुरू भएको छ। गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाको सहयोगमा रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा शुरू गरिएको हो।
“मनकामनाबाट गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने झक्तजन गोरखकालीसम्म पुग्ने अवस्था सृजना हुन्छ,” क्लबका अध्यक्ष विनोदकुमार बस्न्यातले भने, “यसले गोरखाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ।” पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वास लिइएको उनले बताए।
मनकामना मन्दिरसम्म आउने धार्मिक पर्यटकलाई गोरखकालीसम्म पुर्याउनका पदयात्राको महत्त्व रहेको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बताए। उनका अनुसार उक्त पदमार्गमा मुलुकको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्धलखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलो, काउँले भङ्गार, कुहिरेभिर हुँदै गोरखकाली मन्दिर पुग्न सकिन्छ।
“मुलुकभरका नागरिक नेपाल एकीकरणको इतिहास बुझ्न एकपटक गोरखा आउनुपर्छ”, उनले भने, “हामीले गोरखा भ्रमण वर्षको घोषणा गरेर यहाँको पर्यटन प्रवर्द्धनका लागि योजना बनाएर पनि काम गरिरहेका छौँ।”
पदयात्रामा निस्किएको टोली शुक्रबार शहीद लखन गाउँपालिकामा बास बसी शनिबार गोरखकाली मन्दिरमा पुगेर यात्रा समापन गर्नेछ। क्लबले सन् २०१९ देखि हरेक वर्ष मनकामनाबाट गोरखकाली मन्दिरसम्म पदयात्रा गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
