अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएको बेला मुसलधारे वर्षाले खेल रोकिएको थियो।
काठमाडौँ– अफगानिस्तान विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ‘बी’मा अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो। पाकिस्तानको लाहोरमा २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएको बेला मुसलधारे वर्षाले खेल रोकिएको थियो।
ट्राभिस हेड ५९ र स्टिभ स्मिथ १९ रनमा नआउट रहे। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २७३ रन बनाएको थियो।
अफगानिस्तानका सदिकुल्ला अटल ८५ तथा अजमतुल्ला ओमरजाईले ६७ रन बनाए। समूह ‘बी’बाट अफगानिस्तानको झिनो सम्भावना बाँकी छ। शनिबार दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच खेल हुँदैछ। उक्त खेलमा इंग्ल्यान्ड फराकिलो अन्तरले विजयी भए मात्रै अफगानिस्तानको सम्भावना रहन्छ।
समूह ‘ए’बाट न्युजिल्यान्ड र भारत सेमिफाइनल पुगिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
