ट्रम्पले, युक्रेनले रुससँग युद्ध जित्न नसक्ने दाबी गर्दै जेलेन्स्कीले अमेरिका र अमेरिकी नागरिकको अनादर गरेकोसमेत आरोप लगाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट आउसमा भएको वार्ता असफल भएको छ।
युक्रेनको बहुमूल्य खनिज पदार्थबारे सम्झौता हुने भनिएको वार्ता नोकझोकमा परिणत भएको बीबीसीले जनाएको छ।
भेटवार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीललाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाएका थिए। जेलेन्स्कीले शान्ति नचाहेको तथा अमेरिका र अमेरिकी नागरिकको अनादर गरेको ट्रम्पको भनाइ थियो। “तपाईंको व्यवहार सम्झौता गर्नेजस्तो छैन। ख्याल गर्नुहोला, रुससँग युक्रेनले युद्धमा कहिल्यै जित्न सक्दैन,” उनले भने।
ट्रम्पले युक्रेनमा ठूलो समस्या भएको र त्यसलाई जेलेन्स्कीले जित्न नसक्ने दाबी गरेका थिए। तर अमेरिकाको साथमा भए त्यो समस्याबाट निस्किने मौका रहेको उनको भनाइ थियो।
जेलेन्स्कीले भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै सम्झौता नहुने बताएका थिए। बीबीसीका अनुसार कुराकानी चर्किँदै गएपछि जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न भनिएको थियो।
फक्स न्युजसँग पछि कुरा गर्दै जेलेन्स्कीले ट्रम्पसँगको झगडा दुवै पक्षका लागि राम्रो नभएको र सम्बन्ध अगाडि बढ्न सक्ने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
