पावर टिलरको सहायताले आलु रोप्नदेखि निकाल्दासम्म सजिलो भएको छ। हप्ता दिनसम्म लाग्ने गरेको काम एक–दुई दिनमै सकिने गरेको किसान बताउँछन्।
मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्थ्यो। अहिले एक बिघा क्षेत्रफलको आलु उनी खेतालाबिना एकै दिनमा खनिसक्छन्।
लामो समय अर्म–पर्म गरेर आलु खेती गरेका मायारामले गत वर्षदेखि घरमै पावर टिलर (हाते ट्याक्टर) किनेर खेती गर्दै आएका छन्। सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उनले पावर टिलर किनेका हुन्।
“पावर टिलरको सहायताले आलु रोप्नेदेखि निकाल्दासम्म सजिलो भएको छ। हप्ता दिनसम्म लाग्ने गरेको काम एक दुई दिनमै सकिन्छ,” उनले भने। नन्दपुर बहुउद्देश्यीय कृषक समूह मध्यविन्दु–२ को अध्यक्षसमेत रहेका उनले प्रविधिको सहायताले नै १५ बिघा जमिनमा सामूहिक आलु खेती गरेका छन्। प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने भएकाले आर्थिक बचतसमेत भएको उनको अनुभव छ।
“पहिले हामी आफै आलु लगाउने ड्याम बनाउने, गोडमेल गर्ने, आलु निकाल्ने गर्थ्यौं, धेरै मान्छे र समय लाग्थ्यो,” उनले भने, “अहिले हाते ट्याक्टरको सहायताले सबै काम गर्छौं सहज भएको छ।” कृषि प्रविधिले खेती गर्न सहज भएपछि नन्दपुर बहुउद्देश्यीय कृषक समूहले आलु खेतीको क्षेत्रफल पनि विस्तार गरेको छ। दुई बिघा जमिनमा गरिएको आलुखेती अहिले १५ बिघामा छ। आगामी वर्ष २० बिघामा गर्ने योजना छ।
मध्यविन्दु–२ कै रमेश थनेत थारु पनि पछिल्लो समय प्रविधिका माध्यमबाट खेती गर्दै आएका छन्। लामो समयसम्म कुटो कोदालोको प्रयोग गर्दै आएका रमेश प्रविधिको माध्यमबाट खेती गर्न सहज भएको बताउँछन्। सबै काम श्रमबाट मात्र गर्दा समय बढी लाग्ने र मिहिनेत धेरै लाग्ने गरे पनि प्रविधिको सहयोगमा कम समयमै धेरै खेती गर्न सकिने उनले बताए।
“धान, तोरी, गहुँ खेतीमा कृषि यन्त्रको प्रयोग गर्ने गरिएको भए पनि आलु खेतीमा सबै काम मान्छेले नै गर्ने गरेका थियौँ,” उनले भने, “अहिले आलु उत्पादन गर्न धेरै सहज भएको छ, थोरै मान्छेले धेरै खेती गर्न सकेका छौ।”
जिल्लामा धेरै किसानले कृषि यन्त्र प्रयोग गरेर आलु खेती गर्दै आएका छन्। अन्नबालीमा मात्रै कृषि यन्त्रको प्रयोग हुँदै आएकोमा केही वर्षदेखि तरकारी खेतीमा पनि कृषि यन्त्रको प्रयोग बढेको हो।
पावर टिलर, ट्याक्टर, मिनी टिलर को सहायताले तरकारी खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए। कृषिमा आधुनिक प्रविधिका औजार भित्रिएसँगै धेरै किसानले सहज रूपमा कृषि उत्पादन गर्ने गरेको तिवारीको भनाइ छ। परम्परागत शैलीमा खेतीपाती गर्ने किसान पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
