कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आकाङ्क्षा देखाएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने भएको छ। निर्वाचन गराउन बनेको तीन सदस्यीय निर्वाचन समितिले बुधबार चुनाव गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले बुधबार निर्वाचन गर्ने निर्णय गरेको हो। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनका लागि समिति बनाउने निर्णय गरेको थियो। सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन्।
निर्वाचनको मिति तय गरिए पनि कांग्रेसभित्र सर्वसम्मत रूपमा दलको नेता चयनका लागि प्रयास भइरहेको छ। संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आकाङ्क्षा देखाएका छन्। कांग्रेसका समानुपातिक र प्रत्यक्षतर्फबाट निर्वाचित भएका ८९ सांसदहरूले दलको नेता चयन गर्ने छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
