स्थानीय प्रहरीले हिमपहिरोमा फसेका ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ।
उत्तरी भारतको सीमा क्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार भएको छ। उद्धार टोलीले अझै आठ जनाको खोजी गरिरहेको भारतीय अधिकारीहरूले शनिबार बताएका छन्।
शुक्रबार चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लाको एक गाउँनजिकै निर्माण शिविरमा हिमपहिरो खस्दा ५५ जना कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताएका छन्। “हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रूपमा बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ,” धामीले भने।
स्थानीय प्रहरीले शनिबार एक विज्ञप्ति जारी गर्दै भग्नावशेषबाट ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ। यसअघि उक्त हिमपहिरोमा ५७ जना फसेको बताइएको थियो। घटनास्थलमा रहेका सेनाका चिकित्सकले गम्भीर घाइतेको जीवनरक्षक शल्यक्रिया गरेको बताइएको छ।
तिब्बतसँग सीमा जोडिएको माना गाउँका बासिन्दा अत्यधिक मौसमबाट बच्नका लागि कम उचाइमा बसाइँ सरेपछि सुनसान भएको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ।
हिमालको माथिल्लो भेगमा विशेष गरी जाडो याममा हिमपहिरो र पहिरो खस्नु सामान्य कुरा हो। सन् २०२१ मा उत्तराखण्डमा हिमनदीको ठूलो भाग नदीमा खस्दा करिब १०० जनाको मृत्यु भएको थियो।
सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोका कारण ६ हजार मानिसको मृत्यु भएको थियो र राज्यमा विकास परियोजनाको पुनरवलोकनको माग गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
