युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौँ बन्धक मुक्त हुने र युद्धको स्थायी अन्त्यका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।
इजरायल–हमास युद्धविरामको पहिलो चरण शनिबार टुंगिँदै छ तर स्थायी रूपमा युद्धविराम सुनिश्चित गर्ने पहलको संकेत अझै देखिएको छैन।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि अचानक गरेको आक्रमणपछि शुरू भएको युद्ध १५ महिनाभन्दा बढी चलेपछि जनवरी १९ मा युद्धविराम लागू भएको थियो।
शुरूको ६ हप्तामा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गरेको थियो भने अन्य आठ जनाको शव पनि इजरायललाई फिर्ता गरेको थियो। बदलामा इजरायली सुरक्षा नियन्त्रणबाट एक हजार ९०० कैदीबन्दीको रिहाइ भएका थिए।
युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौँ बन्धक मुक्त हुने र युद्धको स्थायी अन्त्यका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।
मध्यस्थकर्ता इजिप्टले इजरायलका साथै सहयोगी मध्यस्थकर्ता कतार र अमेरिकाका प्रतिनिधिमण्डलको उपस्थितिमा दोस्रो चरणको ‘गहन वार्ता’ शुरू भएको बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कायरोमा एक प्रतिनिधिमण्डल पठाएका छन्।
शनिबार बिहानसम्म सहमतिको कुनै संकेत नदेखिएको भन्दै हमास स्रोतले इजरायलले दोस्रो चरणको वार्ताका लागि ढिलाइ गरेको आरोप लगाएको छ।
“युद्धविराम सम्झौताको दोस्रो चरण भोलि बिहान अर्थात् आइतबारदेखि शुरू हुने बताइए पनि अझै पनि ढिलासुस्ती भइरहेको छ र सम्झौताको उल्लंघन जारी छ,” स्रोतले एएफपीसँग भन्यो।
वार्तामा संलग्न एक प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार कायरोमा हमासको प्रतिनिधिमण्डल अनुपस्थित भए तापनि गतिरोध समाधानका लागि छलफल भइरहेको छ।
इन्टरनेसनल क्राइसिस ग्रुपथिंक ट्यांकका म्याक्स रोडेनबेकले दोस्रो चरण तत्काल शुरू हुने अपेक्षा गर्न नसकिने बताए। “मलाई लाग्छ, युद्धविराम भंग हुने छैन,” उनले भने।
इजरायली रक्षामन्त्री इजरायल काट्जले दोस्रो चरणको साटो पहिलो चरणको विस्तारअन्तर्गत थप बन्धकलाई मुक्त गर्नु इजरायलको प्राथमिकता रहेको बताएका छन्।
हमासको आक्रमणका क्रममा कब्जामा लिएका २५१ बन्धकमध्ये ५८ जना अझै गाजामा रहेका छन्। इजरायली सेनाले कुल बन्धकमध्ये ३४ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ। मृतक बन्धकमध्ये आठ जनाको शव हमासले इजरायललाई हस्तान्तरण गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
